काठमाडौं- होन्डाले परम्परागत पेट्रोल, डिजेल र फुल्ली इलेक्ट्रीक कारको बीचमा रहेर आफ्नो चर्चित सेडानको हाइब्रिड मोडल ल्याएको छ । अहिलेसम्म नेपालमा हाइब्रिड मोडल आएको थिएन ।
होन्डाको आधिकारीक बिक्रेता स्याकार ट्रेडिङले होन्डा सिटीको हाइब्रिड भर्सन केही दिनमा नै बिक्री सुरु गर्न लागेको हो । हाइब्रिड सिटी मोडलले प्रतिलिटर २६.५ किलोमिटर माइलेज दिने होन्डाले दावी गरेको छ ।
जापानी उत्पादकले प्रयोग गरेको हाइब्रिड टेक्नोलोजीले इन्धन वापतको खर्च कटौतीको साथै, प्योर ईभी हुने ‘रेन्ज एन्जाइटी’बाट समेत मुक्त राख्छ ।
मिडसाइज सेडान सेग्मेन्टमा निकै सफल सिटी कार नेपालमा भने पहिलाको जस्तो ब्यापर पाउन सकिरहेको छैन । नेपालमा एसयूभीको माग उच्च हुँदा सेडान कारमा धेरैले ध्यान नदिएका हुन् । अब हाइब्रिड टेक्नलोजीमा आएसँगै मिडसाइज सेडानमा आफ्नो बजार फर्काउने अपेक्षा कम्पनीले गरेको छ ।
प्रतिक्रिया