पप गायक उत्तम ढकालको ‘बाटो हिँडने दाई’ सार्वजनिक

आइतबार, २४ असार २०८०, १३ : ३०

काठमाडौँ - उत्तम ढकालको स्वरमा रहेको पप गीत ‘बाटो हिँडने दाई’ सार्वजनिक भएको छ । प्रमोद निर्वाण र उत्तमकै शब्दरसङ्गीत, अशोक महर्जनको मिक्सिङरमाष्टरिङ एवं प्रमोदको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा जीवन मोक्तानको कारेस स्वर रहेको छ ।

युडी म्युजिकको कन्सेप्ट निर्देशन रहेको गीतको भिडियोमा उत्तम, अशोक, सोनिल भुजेल, सम्पूर्ण लामा, राजन श्रेष्ठ, राजु श्रेष्ठ र एलिजा ज्ञवालीलाई फिचर्ड गरिएको छ ।

विक्रम शाक्यको छायाँकन एवम् सम्पादन रहेको गीतको भिडियो युडी म्युजिकको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । उत्तमले एकसय भन्दा बढी स्टेज कार्यक्रमहरू गर्नुभएको छ ।

 

आइतबार, २४ असार २०८०, १३ : ३०

प्रतिक्रिया