काठमाडौं- अग्नी इनकर्पोरेट प्रालिले महिन्द्रा ‘स्कर्पियो एन’को टु ह्वील ड्राइभ सिस्टम भएको एउटा मात्रै भेरियन्ट नेपाल ल्याएको छ । कम्पनीले जे–४ भेरियन्ट टुह्वील र फोर ह्वील दुबै अप्सनमा ल्याएको हो ।
कम्पनीले सेप्टेम्बर ३० सम्मको लागि ल्याएको मूल्य अनुसार सबैभन्दा सस्तो पनि जेड–४ टु ह्वील ड्राइभ मोडल हो । यसको मूल्य ८१ लाख ५० हजार निर्धारण गरेको छ । जेड–४ फोर ह्वील ड्राइभ अप्सनको मूल्य ९० लाख रुपैयाँ तोकिएको छ । यी दुबै भेरियन्टमा म्यानुअल गियरबक्स पाउन सकिन्छ ।
त्यसैगरी जेड ८ भेरियन्ट म्यनुअल र अटोमेटीक गियरबक्समा उपलब्ध छ । यसको म्यानुअल भेरियन्टको मूल्य १ करोड १४ लाख र अटोमेटीक भेरियन्टको मूल्य १ करोड २४ लाख रुपैयाँ तोकेको छ ।
एक वर्षअघि नेपाल, साउथ अफ्रिका र भारतमा एक साथ सार्वजनिक भएको स्कर्पियो एन बल्ल नेपालमा बिक्री सुरु भएको हो । निकै प्रतिक्षा गरिएको स्कर्पियो एन २।२ लिटर डिजेल इन्जिनको साथ यहाँ बिक्री सुरु भएको हो ।
स्कर्पियो एनको क्याविन निकै आकर्षक छ । कफी(ब्ल्याक लेदरले सजिएको सिट, आधुनिक इन्फोटेनमेन्ट सिस्टम, त्यसको दायाँ र वाँया नै दिइएको एसी भेन्टले क्याविन उत्कृष्ट छ । सोनीको थ्रीडी साउन्ड सिस्टम, रेगुलर क्लासिक मोडलको तुलनामा फरक बनोट, भिन्न फ्रन्ट ग्रिल, नयाँ ह्वील, नयाँ बडी डिजाइनको कारण चर्चा रहेको मोडल हो ।
दुई कलरले सजिएको ड्यासबोर्ड, डोर ह्याण्डल, एसी भेन्टर र सेन्टर कन्सोलमा दिइएको सिल्भर कलर क्रोमले यसको ड्यासबोर्ड निकै प्रिमियम देखिन्छ । साथै, सिटको कलरसँग म्याच गराएर ड्यासबोडमा पनि लेदर फिनिसिङ दिइएको छ ।
प्रतिक्रिया