आज पनि सुन–चाँदीको भाउ स्थिर

मंगलबार, २६ असार २०८०, १० : ४९

काठमाडौँ-  नेपाली बजारमा लगातार दोस्रो दिन मंगलबार पनि सुन–चाँदीको भाउ स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुन–चाँदीको भाउ फेरबदल नभएको हो। 

आज प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन  १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको छ। हिजो सोमबार भाउ स्थिर रहँदै सुनको त्यतिमा नै कारोबार भएको थियो। 

चाँदीको भाउ पनि आज स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँ कायम भएको छ। चाँदीको भाउ हिजो पनि स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँमै कारोबार भएको थियो।  

 

मंगलबार, २६ असार २०८०, १० : ४९

प्रतिक्रिया