सभामुख देवराज घिमिरे र फ्रान्सका राजदूत गिल्स बोरबाओले बिच भेटवार्ता

मंगलबार, २६ असार २०८०, १७ : ०६

काठमाडौँ-  सभामुख देवराज घिमिरेसँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोरबाओले भेट गरेका छन् । 

 मंगलबार सिंहदरबारमा भएको भेटमा नेपाल र फ्रान्सबीचको मैत्रीपूर्ण सम्बन्ध, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार लगायतका विषयमा छलफल भएको सभामुख घिमिरेको नीजि सचिवालयले जनाएको छ । 


भेटमा सभामुख घिमिरेले नेपाल र फ्रान्सबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष भएको स्मरण गर्दै दुई देशबीच जनस्तरको सम्बन्ध रहेको उल्लेख गरे । ‘हामीबीच सरकार–सरकारमात्र होइन, जनस्तरमा रहेको सम्बन्धलाई नेपालले उच्च प्राथमिकता दिँदै आएको छ,’ घिमिरेको भनाइ छ । त्यसक्रममा सभामुख घिमिरेले फ्रान्सेली क्रान्तिले ल्याएको परिवर्तन नेपालका लागि प्रेरणादायी रहेको पनि बताए । 

मंगलबार, २६ असार २०८०, १७ : ०६

प्रतिक्रिया