सुनको भाउ बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

बुधबार, २७ असार २०८०, १० : ५३

काठमाडौँ- नेपाली बजारमा बुधबार सुनको भाउ उकालो लागेको छ। 

 आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो मंगलबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै तोलाको १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो। 

 

बुधबार, २७ असार २०८०, १० : ५३

प्रतिक्रिया