पत्रकार नवीन अर्यालको कृति ‘नेपाली खेलकुदको वृत्तान्त’  लोकार्पण

बुधबार, २७ असार २०८०, ११ : २२

काठमाडौं-  दुई दशकभन्दा लामो समय नेपाली खेलकुद क्षेत्रमा कलम चलाएका पत्रकार नवीन अर्यालको कृति ‘नेपाली खेलकुदको वृत्तान्त’ मंगलबार लोकार्पण गरिएको छ ।

रसियन हाउस, कमलपोखरीमा एक समारोहबीच युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जीतबहादुर केसी, प्राध्यापक पी। खरेल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र शरद्चन्द्र शाह मेमोरियल फाउन्डेसनकी अध्यक्ष रेणु शाहले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन् ।


नेपाली पत्रकारिता र खेलकुद क्षेत्रका विशिष्ट व्यक्तित्वहरू सहभागी एक समारोहमा पुस्तक लोकार्पण गरिएको हो । समारोहलाई सम्बोधन गर्दै खेलकुदमन्त्री लिम्बूले भने, “नेपाली खेलकुदको विकास कसरी भयो रु खेलजगतमा क–कसले योगदान गरे रु र, अब के गर्नुपर्छ रु भन्नेमा पुस्तक केन्द्रित छ ।”

पुस्तकमाथि बोल्दै वरिष्ठ पत्रकार प्राध्यापक पी खरेलले पुस्तक अब्बल दर्जाको कृति रहेको बताए । उनी ५० वर्षअघि खेलकुद पत्रकारिता गरेका पत्रकार हुन् ।

‘क्रियटिभ बुक्स’ले प्रकाशित गरेको उक्त कृतिमा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेलकुदमा सहभागितादेखि हालसम्मका खेलकुदका वृत्तान्त समेटिएको छ । पुस्तकमा सीमित बजेटका बाबजुद खेलकुदलाई संस्थागत गर्न तत्कालीन नेतृत्वले गरेको योगदानलाई समेटिएको छ ।

पुस्तकमा नेपाली खेलकुदका ऐतिहासिक तस्बिर, चिठीपत्र र विदेशी सञ्चारमाध्यममा नेपाली खेलकुदको ‘कभरेज’ पनि अनुसूचीमा समेटिएका छन् ।

बुधबार, २७ असार २०८०, ११ : २२

प्रतिक्रिया