कति तोक्यो सरकारले  धानको न्यूनतम समर्थन मूल्य ?

बुधबार, २७ असार २०८०, १२ : ०८

काठमाडौँ - सरकारले आर्थिक वर्ष २०८०र८१ का लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले धानको न्यूनतम समर्थन मूल्य तोकेको हो ।  सरकारले आगामी आर्थिक वर्षका लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १९८ रुपैयाँ तोकेको छ । यस्तै, मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ३६२ रुपैयाँ तोकेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । 


सरकारले तोकेको न्यूनतम समर्थन मूल्य गत वर्षको तुलनामा २३१ रुपैयाँले बढी हो । चालु आर्थिक वर्षका लागि सरकारले मोटो धानका लागि प्रतिक्विटल २ हजार ९६७ रुपैयाँ तोकेको थियो भने मध्यम धानका लागि प्रतिक्विटल ३ हजार १२८ रुपैयाँ तोकिएको थियो ।  अघिल्लो वर्ष ढिलागरी धानको न्यूनतम समर्थन मूल्य तोकेपनि यसपालि भने सरकारले छिट्टै तोकेको हो । गत वर्ष सरकारले कात्तिकको अन्तिम साता धानको न्यूनतम समर्थन मूल्य तोकिएको थियो । 
 

बुधबार, २७ असार २०८०, १२ : ०८

प्रतिक्रिया