काठमाडौं- बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले देशको विभिन्न १० स्थानमा चार्जिङ सेन्टर संचालनमा ल्याउने भएको छ ।
कम्पनीले साउन भित्रै ती १० स्थानको लागि आवश्यक चार्जर नेपाल आइपुग्ने जनाएको हो ।
अहिले बीवाइडीसँग ३ वटा डिसी फास्ट र १४ स्थानमा एसी फास्ट चार्जर संचालनमा छन् । बीवाइडीको इ सिक्स र अल न्यू इ सिक्स दुबै ठूलो साइजको एसी चार्जर सपोर्ट गर्ने गाडी भएको कारण कम्पनीले १४ स्थानमा फास्ट एसी चार्जर लगाएको थियो ।
कम्पनीले अहिले बिक्री गर्दै आएको सर्वाधिक चर्चित मोडल एटो थ्रीमा ७।२ किलोवाट मात्रैको एसी चार्जर लाग्छ । त्यसैले कम्पनीले डिसी फास्ट चार्जर ल्याउन लागेको हो ।
कम्पनीले ल्याउने फास्ट चार्जरहरु काठमाडौं, गल्छी, बर्दिवास, इटहरी, विर्तामोड, चितवन, पोखरा, बुटवल, भालुवाङ, नेपालगंज, धनगढी जस्ता क्षेत्रमा फास्ट चार्जर जडान गर्ने योजना बनाएको जनाएको छ ।
प्रतिक्रिया