काठमाडौं- नेपालमा बिक्री हुने चल्तीको मध्ये एक ब्राण्ड याडियाले सस्तो इलेक्ट्रीक स्कुटरको बुकिङ खुल्ला गरेको छ । कम्पनीले याडिया एम ६ को बुकिङ खुल्ला गरेको हो ।
याडिया इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी कुजु नेपालले १० हजार रुपैयाँ लिएर ग्राहकसँग एम ६ को लागि बुकिङ लिन सुरु गरेको हो ।
कम्पनीले एम ६ को मूल्य १ लाख ७५ हजार मूल्य निर्धारण गरेको छ । यसमा १।२ किलोवाट क्षमताको हव मोटर पाउन सकिन्छ । कम्पनीले ७२ भोल्ट २६ एम्पीयर आवरको ग्राफिनी ब्याट्री एम ६ मा दिएको छ ।
कुजु नेपालका अनुसार यो ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ९० किलोमिटरसम्म गुडाउन सकिन्छ । यसलाई फुलचार्ज गर्न भने ८ घन्टा समय लाग्छ ।
एम ६ स्कुटरको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक दिइएको छ । कम्वाइन ब्रेकिङ सिस्टम दिइएको कारण यसको ब्रेकिङ राम्रो छ । कुजु नेपालले यसमा रहेको ब्याट्रीमा दुई वर्ष वा २० हजार किलोमिटरसम्म वारेन्टी दिएको छ ।
याडियाको सबै आधिकारी शोरुमहरुमा यो स्कुटर बुकिङ गर्न सकिन्छ । अबको एक महिना भित्र एम ६ को डेलिभरी सुरु गर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया