सुनको मुल्य नयाँ उचाईमा, आज कतिमा हुदैँछ कारोबार ?

विहीबार, २८ असार २०८०, १० : ५३

काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनको भाउ उकालो लागेको छ। 

आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर १ हजार ४४० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँ किनबेच भएको थियो। 

 

विहीबार, २८ असार २०८०, १० : ५३

प्रतिक्रिया