मध्य भोटेकोशी जलविद्युतको नयाँ सञ्चालक समिति गठन

विहीबार, २८ असार २०८०, १४ : २४

काठमाडौं-  मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडमा नयाँ सञ्चालक समिति चयन गरेको छ । उक्त कम्पनीको असार २० गते बसेको साधारण सभापछि सञ्चालक समिति सदस्य निर्वाचन कार्य भएको थियो ।

सोही निर्वाचनमा सर्वसाधारण समूहबाट राम कुमार थेबे, रमा खड्का, भूमिनन्द अर्याल र गोविन्द प्रसाद पराजुली निर्वाचित भएका हुन् । उनीहरुलाई असार २७ गते भब्य स्वागत गरी सञ्चालक पदको कार्यभार पनि सुम्पिसकेको कम्पनीले जनाएको छ ।

विहीबार, २८ असार २०८०, १४ : २४

प्रतिक्रिया