आजको विदेशी मुद्राको विनिमयदर, कुन बढ्यो बुन घट्यो ?

शनिबार, ३० असार २०८०, ११ : ४८

काठमाडौँ - नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

 आज डलरको खरिद दर १३१ रूपैयाँ १७ पैसा र बिक्री दर १३१ रूपैयाँ ७७ पैसा रहेको छ। युरो एकको खरिद दर १४७ रूपैयाँ १९ पैसा र बिक्री दर १४७ रूपैयाँ ८६ पैसा रहेको छ।    

 बेलायती पाउण्ड एकको खरिद दर १७१ रूपैयाँ ९७ पैसा र बिक्री दर १७२ रूपैयाँ ७४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९८ पैसा र बिक्री दर ३६ रूपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।      

शनिबार, ३० असार २०८०, ११ : ४८

प्रतिक्रिया