काठमाडौँ - चौधरी ग्रुप अन्तर्गतको सहायक कम्पनी ईओएल प्रा.लि.ले चर्चित अभिनेत्री सुरक्षा पन्तलाई सिजी इलेक्ट्रिकको ब्रान्ड एम्बासेडरमा नियुक्त गरिएको छ । सुरक्षा पन्त तीन प्रमुख खण्डहरूमा सिजी इलेक्ट्रिकको अनुहार हुनेछिन् – चिम्नी, सोलार हिटर र इलेक्ट्रिक उपकरणहरू ।
सहकार्यको बारेमा टिप्पणी गर्दै, सिजीका उपाध्यक्ष एससी साबूले भने, ‘हामी सुरक्षा जीसँग हाम्रो ब्रान्ड एम्बासेडरको रूपमा आबद्ध हुन पाउँदा खुसी छौँ । उनको अनुग्रह, प्रामाणिकता र उनको कामप्रतिको समर्पण हाम्रो सि.जी.इलेक्ट्रिक ब्रान्डको मार्गदर्शनसँग स्पष्ट रूपमा मिल्छ । हामी विश्वस्त छौँ कि हाम्रो ब्रान्डसँगको उनको सहकार्यले हाम्रो ब्रान्डलाई अर्को स्तरमा पुर्याउनेछ र यसलाई हाम्रा उपभोक्ताहरू बीच एक विश्वसनीय ब्रान्डको रूपमा स्थान दिनेछ ।’
सुरक्षा पन्तले साझेदारीको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै भनिन्, “उत्कृष्टताप्रतिको प्रतिबद्धताका लागि परिचित ब्रान्ड सिजी इलेक्ट्रिकसँग आबद्ध हुन पाउँदा म सम्मानित छु । चिम्नी, सोलार र इलेक्ट्रिक उत्पादनको प्रतिनिधित्व गर्न पाउँदा म उत्साहित छु ।’
प्रतिक्रिया