रिलायन्स फाइनान्सको साधारण सभा आज बस्दै

आइतबार, ३१ असार २०८०, १० : ११

काठमाडौं - रिलायन्स फाइनान्सको साधारण सभा आज आइतबार असार ३१ गते बस्दैछ । 

सभा, स्मार्ट दरबार ब्यांक्वेट धुम्बाराही काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । साधारण सभामा रिलायन्स फाइनान्सले ६.५०% बोनस सेयर र कर प्रयोजनका लागि ०.३४% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

 यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असार २० गते बुक क्लोज गरिसकेको छ । असार १९ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।

आइतबार, ३१ असार २०८०, १० : ११

प्रतिक्रिया