सुनको मुल्यमा गिरावट,आज कतिमा हुदैँछ कारोबार ?

आइतबार, ३१ असार २०८०, ११ : ०३

काठमाडौँ-  नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ ओरालो लागेको छ। 

आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

गत शुक्रबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन  १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ४८० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर १ हजार ४८० रुपैयाँमा किनबेच भएको थियो। 

आइतबार, ३१ असार २०८०, ११ : ०३

प्रतिक्रिया