सुनको भाउ स्थिर

सोमबार, ०१ साउन २०८०, ११ : ११

काठमाडौँ- नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ। 

 आज सुनको भाउमा कुनै हेरफर नभएको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

हिजो सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबि सुन  १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ४८० रुपैयाँ कायम भएको थियो। हिजो पनि चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ४८० रुपैयाँमा किनबेच भएको थियो। 

सोमबार, ०१ साउन २०८०, ११ : ११

प्रतिक्रिया