एशियन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी

सोमबार, ०१ साउन २०८०, ११ : २१

काठमाडौँ- एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबीबापत रु. १ करोड २ लाख ५६ हजार ५७५ भुक्तानी गरेको छ। 

बीमित हजरा खातुनका पति नाथु देवानलाई कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपककुमार श्रेष्ठले कम्पनीको प्रधान कार्यालयमा मृत्यु दाबीबापतको चेक हस्तान्तरण गरेका हुन्। चेक हस्तान्तरण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, डेप्युटी मार्केटिङ हेड विजय पराजुली, कम्पनी सचिव प्रकाशसिंह कठायत, कलैया शाखा प्रबन्धक सोनालाल सहनी र अभिकर्ता नाजिर अन्सारीलगायतको उपस्थिति थियो।

कलैया उपमहानगरपालिका–२६ निवासी नाथु देवानले वार्षिक रु। ३ लाख ७१ हजार ७५० बीमाशुल्क किस्ता तिर्ने गरी पत्नी हजरा खातुनको २०७८ असार २९ गते दोहोरो बीमांक सुविधासहित रु। ५० लाख बीमांकको वार्षिक धनलाभ बीमालेख गरेका थिए। बीमितबाट बीमाशुल्कको २ किस्ताबापत जम्मा रु।७ लाख ४३ हजार ५००  भुक्तानी  प्राप्त  भएको थियो।  

बीमालेखको बीमांकबापत रु. ५० लाख, दोहोरो बीमांक (टु एक्स) बापतको रु. ५० लाख र बोनश रकमसमेत रु. १ करोड २ लाख ५६ हजार ५७५ रुपैयाँ दाबी भुक्तानी गरिएको कम्पनीले जनाएको छ। 

 

सोमबार, ०१ साउन २०८०, ११ : २१

प्रतिक्रिया