आशा लघुवित्तको सिइओ परिवर्तन

सोमबार, ०१ साउन २०८०, ११ : ४०

काठमाडौं- आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा जया लोहनीलाई नियुक्त गरेको छ ।

 कम्पनीको असार ३१ गते बसेको सञ्चालक समितिको निर्णयले लोहनीलाई सिइओमा नियुक्त गरेको हो ।

साविकको राष्ट्र उत्थान लघुवित्तलाई प्राप्त गरी आशा लघुवित्तले असार ३१ गतेदेखि एकीकृत कारोबार सञ्चालन गरेको छ । दुबै कम्पनीहरुले हिजो अर्थात असार ३१ गतेदेखि आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेको हो ।

सोमबार, ०१ साउन २०८०, ११ : ४०

प्रतिक्रिया