काठमाडौँ - जर्मन प्रिमियम कार ब्राण्ड बीएमडब्लूको सर्वाधिक सफल मोडल आइएक्स–३ नेपालमा सार्वजनिक भएको छ । नेपालमा पेट्रोलबाट चल्ने मोडल एक्स–३ को सफलतापछि लक्ष्मी प्रिमियम मोटर्सले प्योर इलेक्ट्रीक मोडल आईएक्स ३ नेपाल ल्याएको हो ।
बीएमडब्लूको स्पोर्टस् एक्टिभिटी भेहिकल (एसएभी) आईएक्स–३ विश्व बजारमा कम्पनीको सर्वाधिक बिक्री हुने मोडल हो । नेपाली बजारमा पनि विश्व बजारको जस्तै सफलता मिल्ने कुरामा कम्पनी विश्वस्त रहेको छ ।
नेपालमा विगत ३ वर्षदेखि बीएमडब्लूका प्रिमियम उत्पादन बिक्री हुदैँ आएको छ । नेपालमा बढ्दो विद्युतीय कारको बजारलाई ध्यानमा राख्दै सून्य कार्वन उत्सर्जन गर्ने विद्युतीय भेहिकलको माग बमोजिम अल–इलेक्ट्रीक एसएभी आईएक्स–३ सार्वजनिक भएको छ ।
निकै प्रिमियम फिचर, सुरक्षामा अब्बल र उत्कृष्ट रेन्ज आईएक्स–३ को बलियो पक्ष हो । ८० किलोवाट पावर क्षमताको लिथियम आयोन ब्याट्री, २१० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर यसमा पाउन सकिन्छ । कम्पनीले यसमा ५.० इ–ड्राइभ टेक्नोलोजी प्रयोग गरेको छ । यसको अधिकतम पावर २८५ पीएस र टर्क ४०० न्यूटन मिटर रहेको छ ।
बीएमडब्लू अटोमोटीभ क्षेत्रमा पृथ्क र नविन उत्पादनको लागि परिचित र अग्रणी कम्पनी हो । आफ्ना प्रत्येक उत्पादनमा दिगो इको सिस्टम निर्माण, असाधारण ड्राइभिङ्ग अनुभव प्रदान र वातावरणीय फुटप्रिन्टमा आफुलाई अब्बल बनाउँदै आएको छ । त्यसकै परिणाम स्वरुप कम्पनीले ब्याट्री प्रविधि मार्फत दिगो वातावरण संरक्षणमा भूमिका खेलिरहेको छ ।
काठमाडौंको तीनकुनेमा सुविधा सम्पन्न शोरुम संचालन गरिरहेको लक्ष्मी प्रिमियम मोटर्सले २०२० देखि बीएमडब्लूका बिभिन्न उत्पादन बजारमा उपलब्ध गराउँदै आएको छ । कम्पनीको प्रोडक्ट लाइनअपमा BMW X1 sDrive18i, BMW X3 xDrive 20i, BMW X5 xDrive45e (PHEV), BMW 5 Series (PHEV) and BMW 7 Series उपलब्ध छन् ।
पेट्रोलियमबाट चल्ने एक्स ३ मा बलियो उपस्थिति बनाएको बीएमडब्लूले आईएक्स–३ को सहयोगले प्रिमियम इलेक्ट्रीक भेहिकल सेगमेन्टमा पनि आफुलाई बलियो बनाउने अपेक्षा कम्पनीले गरेको छ ।
प्रतिक्रिया