काठमाडौं - पछिल्लो समय बैंक तथा वित्तिय सस्थामा नागरिकको विश्वास घट्दै गईरहेको छ ।
बचतकर्ताको बैकं तथा बित्तिय संस्थाप्रति गुम्दै गएको विश्वासलाई बढाउनकै निमिक्त पनि बैंकहरुले आफ्नो सेवा तथा सुविधामा आर्कषणता ल्याउन थालेका छन् , यहीँ विचमा सिटिजन्स बैंक इन्टरनेसनल समेत आफ्नो सेवा तथा सुविधामा केही हेरफेर गरेको छ ,सिटिजन्स लिमिटेडका ग्राहकले अब विभिन्न संस्थाका सेवामा छूट पाउने भएका छन् ।
बैंकका ग्राहकले ती संस्थाका सेवामा विभिन्न किसिमका छूट प्राप्त गर्ने गरी सम्झौता गरिएको हो। बैंकका ग्राहकले काठमाडौंको तिनकुनेस्थित रिद्धिसिद्धि डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरका सेवामा अधिकतम २० प्रतिशत, ललितपुरको भैंसेपाटीस्थित अर्बन स्माइल डेन्टल केयरका सेवामा अधिकतम २५ प्रतिशत र काठमाडौंको न्यूरोडस्थित सयपत्री मेरी गोल्ड ज्वेलर्सका सेवामा २५ प्रतिशतसम्म छूट पाउने बताइएको छ ।
डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा ल्याउँदै आएको बैंकले बताएको छ ।
प्रतिक्रिया