सुनको भाउ रेकर्ड उन्मुख, आज कतिमा हुदैँछ कारोबार ?

बुधबार, ०३ साउन २०८०, ११ : ११

काठमाडौँ-  नेपाल बजारमा सुनको भाउ फेरि अलटाइम हाई नजिक पुगेको छ। 

 आज बुधबार सु्नको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १३ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ५५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सुनको यो भाउ हालसम्म दोस्रो उच्च हो। यसअघि गत जेठ १९ गते सुनको भाउ प्रतितोला १ लाख १३ हजार ३०० रुपैयाँ पुगेको छ। जुन हालसम्मकै उच्च हो। 

हिजो मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो। 

आज चाँदीको भाउ भने नयाँ कीर्तिमान बनाएको छ। तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ४८० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ४८० रुपैयाँमा कारोबार थियो। यो भाउ हालसम्मकै उच्च थियो। 

 

बुधबार, ०३ साउन २०८०, ११ : ११

प्रतिक्रिया