काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ।
आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १३ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १३ हजार ५० रुपैयाँ कायम भएको छ।
आज कायम सुनको भाउ हालसम्मकै उच्च हो। यसअघि गत जेठ १९ गते सुनको भाउ हालसम्मकै उच्च स्तरमा पुगेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
हिजो पनि तोलामा ६०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख १३ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि नयाँ उचाइमा पुगेको छ। तोलामा ५ रुपैयाँले बढेर आज चाँदीको भाउ १ हजार ४९५ रुपैयाँ कायम भएको छ।
हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया