गत आर्थिक वर्ष २०७९–०८० मा धेरै कमाउने फिल्ममा ‘छक्का पन्जा ४’

विहीबार, ०४ साउन २०८०, १६ : ४२

काठमाडौँ-  गत आर्थिक वर्ष २०७९–०८० नेपाली फिल्मका लागि लाभदायक सिद्ध हुन सकेन । करिब एक दर्जन फिल्मले राम्रो व्यवसाय गर्‍यो भने धेरै फिल्मको लगानी स्वाहा भयो ।


चलचित्र विकास बोर्डले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९–८० मा बक्स अफिस अनुसार यो वर्ष नेपाली, अङ्ग्रेजी र हिन्दी गरेर जम्मा १३५ चलचित्र प्रदर्शनमा आएका छन् । ती मध्य नेपालमा धेरै व्यवसाय गर्ने तीन फिल्ममा नेपाली फिल्म ‘छक्का पन्जा ४’, ‘जारी’ र ‘प्रेम गीत ३’ परेको छ । 


धेरै कमाउने दश फिल्म

चलचित्र विकास बोर्डले आर्थिक वर्ष २०७९–०८० मा नेपालमा प्रदर्शनमा आएका हिन्दी, अङ्ग्रेजी र नेपाली गरेर सार्वजनिक गरेका १३५ फिल्मको सूचीमा यो वर्ष धेरै कमाउने दश फिल्ममा सबै नेपाली फिल्म परेको छ । सार्वजनिक गरिएको सूची अनुसार यो वर्ष धेरै कमाउने फिल्ममा ‘छक्का पन्जा ४’ एक नम्बरमा परेको छ । फिल्मले १७ करोड ५२ लाख बढी व्यवसाय गरेको छ ।

विहीबार, ०४ साउन २०८०, १६ : ४२

प्रतिक्रिया