काठमाडौं सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ४ स्थित रैथानेमा इतिहासको दर्दनाक सतिप्रथा सम्झाउने मुर्ति निमार्ण भएको छ ।
आजभन्दा करिब १६/१७ सय बर्ष अगाडी गोठमा बस्न आएका पतिको मृत्युभएपछि श्रीमती पनि सँगै सतिगएको भन्ने किम्बदन्ती रहेको रैथानेमा त्यसको सम्झना स्वरुप मुर्ति निमार्ण गरिएको मूर्ती निमार्णकार्यमा समन्वयकारी भूमीका निर्वाह गर्नुहुने स्थानिय प्रकाश सापकोटाले जानकारी दिनुभयो । “पहिला पहिला गोठमा बस्ने चलन थियो । गोठमा बस्नेहरुले बस्तुभाउलाई खोलेपानी गर्दा आगो बालेपछि धुवाँको मुस्लो बाहिर निस्कीदा त्यहाँबस्ने मान्छेलाई सन्चै छ थाहा हुने र दुई तिन दिनसम्म पनि धुवाँको मुस्लो बाहिर नआएपछि श्रीमती खाज्दै आउँदा श्रीमानको मृत्यु भएको थाहा पाएपछि श्रीमानको मृत्युपछि सती जाने प्रथा अनुरुप रैथानेमा चिता बनाएर सतिको गएको किबन्दन्ती छ ।” स्थानिय सुन्दर सापकोटाले बताउनुभयो । पाँचपोखरी थाङ्पाल गाउँपालिकामै जन्मिएर हाल अमेरिका रहनुभएको समाजसेवि राम श्रेष्ठको ब्यक्तिगत सहयोगमा सो मुर्ति निमार्ण गरिएको हो ।
चरम अमानवीय र नेपालको जनसंख्या पनि कम भएका कारण सति प्रथा रहुन्जेल जनसंख्या पनि घट्ने हुनाले राणा प्रधानमन्त्री चन्द्र शमशेरले सति प्रथाको अन्त्य किम्बदन्ती छ । इतिहासको दर्दनाक कालखण्ड सम्झाउने यो मुर्ति रैथानेमा निमार्णपछि अहिले त्यहाँ हेर्नजानेको हरु बढ्न थाल्का छन् । हरेक जनैपूर्णिमाका दिन ठूलो मेला लाग्ने भएका कारण वरपर गाउँ तथा अन्य स्थानका गरेर यस रैथाने पोखरी र मन्दिर परिसरमा हजारौं भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
“महादेव यसै स्थान हुँदै मिरमिरे बिहानको समयमा पाँचपोखरी जानका लागि हिंडिरहनु भएका बेला अचानक खुट्टामा काँडा बिझेछ र ढुंगामा बसेर काँडा निकाल्ने क्रममा भाले बासे पछि अब मानिसहरु उठ्ने र आफूलाई देख्ने भन्ने डरले यस स्थानमा ढुंगा मुनि लुकेको भन्ने किम्वदन्ती स्थानिय बताउछन्” । शिवजी बसेको सो ढुंगा अझै पनि त्यस स्थानमा देख्न सकिन्छ भने शिवजी लुकेको ठाउँमा मन्दिरको स्थापना भएको छ ।
स्थानिय सुर्दशन सापकोटाका अनुसार “परापूर्व कालमा त्यस पोखरीमा तीन वटा निकास थिए रे । एउटाबाट पानी, अर्कोबाट रगतजस्तो रातो पानी र अर्कोबाट दुध बग्ने गर्थ्यो रे, अहिले भने ३ वटै निकास देख्न पाइए पनि मुख्य एउटा निकाशबाट पानी नै बग्छ” ।
त्यहाँ विभिन्न जातका साना तथा ठूला सर्पहरु भने अहिले पनि देख्न पाइन्छ । पाँचपोखरी दर्शन गरेर आइसकेपछि त्यहाँको जल रैथाने पोखरीमा चढाउने चलन छ । पाँचपोखरी दर्शन गरिसकेपछि रैथाने पोखरी दर्शन गरेन भने यात्रा अधुरो रहन्छ र मागेका कुरा पुग्दैन भन्ने मान्यता रहेको स्थानियको जनविश्वास रहेको छ ।
प्रतिक्रिया