काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन तस्करीमा संलग्न आरोपमा थप १ जनालाई पक्राउ गरिएको छ । राजस्व अनुसन्धान विभागको टोलीले कृष्ण श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बलसँगको समन्वयमा कृष्ण श्रेष्ठलाई पक्राउ गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । कोटेश्वरस्थित महादेवस्थानबाट पक्राउ गरिएका श्रेष्ठको ठेगाना खुलेको छैन ।
यसअघि कोटेश्वरबाट नै विभागको टोलीले राजन श्रेष्ठलाई पक्राउ गरेको थियो । सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुको संख्या १० जना पुगेको छ ।
प्रतिक्रिया