बरामद अवैध सुन प्रकरणका दोषी जोसुकै भए पनि कारबाही गर्ने गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता

शुक्रबार, ०५ साउन २०८०, १३ : १७

काठमाडौँ-  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अवैध सुन भित्र्याउने जोसुकै भए पनि कारबाही हुने बताएका छन् । 


गत बुधबार करिब एक क्विन्टल सुन बरामद भएपछि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र अध्यागमन  कार्यालयको अनुगमन गर्न पुगेका गृहमन्त्री श्रेष्ठले बुधबार बरामद अवैध सुन प्रकरणका दोषी जोसुकै भए पनि कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् । 


अनुगमनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले आगामी दिनमा यस्ता घटना हुन नदिन नयाँ योजना बनाउने प्रतिबद्धता पनि जनाए । 

भ्रष्टाचार र अपराधको अनुसन्धानमा  कुनै कसर बाँकी नराख्ने जनाउँदै उनले सुन आयात घटनाको जरैसम्म पुगेर दोषीलाई कारबाही गरिने बताए । 

शुक्रबार, ०५ साउन २०८०, १३ : १७

प्रतिक्रिया