राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट नबिल नबिल बैङ्क सम्मानित

शनिबार, ०६ साउन २०८०, ०९ : २६

काठमाडौं- नबिल बैङ्क लिमिटेड राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२ ९नेशनल बेस्ट प्रेस्जेन्टेड एनुअल रिर्पोट अवार्ड (एनबिपिए) , २०२२० बाट सम्मानित भएको छ । 

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट वार्षिक रूपमा प्रदान गरिने उक्त अवार्ड नबिल बैङ्कले बैङ्किङ क्षेत्रतर्फको सिल्भर अवार्ड प्राप्त गरेको हो ।  आइक्यानले आर्थिक वर्ष २०२१ र २२ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो ।


काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रममा प्रमुख अतिथी अर्थमन्त्री डा. प्रकाश शरण महतले नबिल बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई अवार्ड हस्तान्तरण गरेका थिए ।  बैङ्कको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले नेपालको तर्फबाट साउथ एशियन फ्रेड्रेसन अफ अकाउन्टस् (साफा) द्वारा दक्षिण एसियाली स्तरमा आयोजना हुने साफा बिपिए अवार्डका लागि प्रतिस्पर्धा गर्न समेत मनोनित हुनेछ ।

नेपालको एक अग्रणी बैङ्क नबिलले २० लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरीको २ सय ६५ शाखा  र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ । 

awad

शनिबार, ०६ साउन २०८०, ०९ : २६

प्रतिक्रिया