काठमाडौं र ललितपुरमा ८ घण्टा विद्युत काटिने (ठाँउहरु)

शनिबार, ०६ साउन २०८०, १० : २५

काठमाडौं- काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज  विद्युत  सेवा प्रभावित हुने भएको छ।

 नेपाल विद्युत प्राधिकरणका अनुसार टेकु सबस्टेसन स्तरोन्नति गरी टेकू–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने काम भइरहेको हुँदा बिहान साढे ८ः ३० बजेदेखि अपराह्न साढे ४ः३० बजेसम्म  विद्युत प्रभावित हुने भएको हो। 

प्राधिकरणका अनुसार बागमती फिडरअन्तर्गतका सानेपा राम मन्दिर, गुसिगाल, एडभान्स कलेज, अमरावती र रेडिएण्ड स्कुल क्षेत्रमा विद्युत प्रभावित हुनेछ। त्यस्तै, पुल्चोक फिडरअन्तर्गतका बल्खु, हेल्थपोस्ट,झम्सीखेल, पुल्चोक प्रधान सेनापति निवास र  ठाडोढुंगा क्षेत्रमा विद्युत प्रभावित हुनेछ। 

प्राधिकरणका अनुसार चमती फिडरअन्तर्गतका  ज्ञान तीर्थ मार्ग, कालीमाटी सालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भू, चामती,किमडोल र बारुद खाना क्षेत्र,कीर्तिपुर फिडरअन्तर्गतका बल्खु, खसीबजार, त्रिभवुन विश्वविद्यालय,चोभार,टौदह र ट्याङलाफाँटको केही भागमा विद्युत प्रभावित हुनेछ।

त्यसैगरी त्रिपुरेश्वर फिडरअन्तर्गतका टेकूदेखि पचली भैरव, उद्योग वाणिज्य संघ हुँदै सुकुमबासी वस्ती र वर्ल्ड ट्रेड सेन्टर क्षेत्रमा विद्युत् प्रभावित हुने छ। भैंसेपाटीको महतो मार्ग, भैंसीपाटी आवास,भैंसीपाटी चोक र एकल डाँडा क्षेत्रमा र छेत्रपाटी फिडरअन्तरगत टेकूदेखि विष्णुमति खोला निकार हुँदै पुष्पलाल पार्क,ढल्कु चोकदेखि छेत्रपाटीसम्म विद्युत सेवा प्रभावित हुनेछ।


        suchana

शनिबार, ०६ साउन २०८०, १० : २५

प्रतिक्रिया