किन घेराउ गरियो राष्ट्र बैंक ? के हो दराजको ‘महाबचत बजार’

आइतबार, ०७ साउन २०८०, ०८ : ०६

काठमाडौं - लघुवित्त पीडितहरुले राष्ट्र बैंक घेराउ गरेका छन् । सामान्य ऋण लिएकै आधारमा लघुवित्त संस्थाहरुले आफ्नो घरमा आएर यातना दिने, गाली गलौज गर्ने, टोल समाजमा बेइजत गर्ने, लगायत मान्छे मार्नेसम्मकै धम्कि दिएको भन्दै पीडितहरुले सनिबार राष्ट्र बैंक घेराउ गरेका हुन् ।

लघुवित्तीय संस्था विरुद्धको संघर्ष समितिले नेपालले हज्जारौँ लघुवित्त पीडितहरुलाई सडकमा उतार्दै काठमाडौँको माइतीघर मण्डंला देखि बालुवाटरसम्म विरोध र्याली निकालेको छ । 

यस्तै, आफुहरुको सामान्य ऋण तिर्न बाँकी रहँदाको अवस्थामा लघुवित्त संस्थाहरुले घरबाट सामानहरु उठाउने, खसी बाख्रा डोराउने जग्गाको लालपुर्जा राख्ने र समाजकै अगाडी गाली ब्यजत गर्नेसम्मको अमानविय ब्यवहार गरेको भन्दै सरकारले तत्काल उनिहरुलाई न्याय दिलाउन पर्ने संघर्ष समितिको भनाई छ ।

यस अघिदेखी नै राजधानीमा पिडितहरुले आफुहरु लघुवित्त संस्थाबाट ठगिएको भन्दै विभिन्न विरोध प्रदर्शनका कार्यक्रमहरु गर्दै आएका थिए ।
                                                                   यो पनि पढ्नुहोस् 

दराजले ७०५ सम्मको मेगा डिल र मेगा गिवअवे सहितको ‘महाबचत बजार’ को औपचारिक घोषणा गरेको छ । २०२३ कालागि आफ्नो वार्षिक अभियान ‘महाबचत बजार’ को औपचारिक घोषणा गर्दै उक्त अभियानमा दराजले ७० प्रतिशतसम्म छुटको मेगा डिल अफर ल्याएको जनाएको छ ।

 यस्तै, दराजले अनलाइन सपिङमा अफरहरुको साथ झन्झटरहित सपिङ्ग,सामान डेलिभरी र अन्य थुप्रै सेवाहरु ल्याएको बताएको छ । उक्त उद्देश्यलाई प्राथमिकता राख्दै ई–सेवा, आईएमइपे र अन्य बैंकहरु मार्फत प्रि–पेमेन्ट्को पनि व्यवस्था गरेको दराजको दाबी छ । 

जसमा ग्राहकहरुले अधिकतम १० प्रतिशतसम्मको छुटमा एक हजार रुपैयाँ र १५ प्रतिशतसम्मको छुटमा १५ सय रुपैयाँसम्म प्राप्त गर्न सक्ने जनाएको छ ।

आइतबार, ०७ साउन २०८०, ०८ : ०६

प्रतिक्रिया