काठमाडौं- मुक्तिनाथ विकास बैंकले आईक्यानको ‘गोल्ड अवार्ड’ प्राप्त गरेको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले प्रदान गर्दै आएको ‘राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार–२०२२’मा मुक्तिनाथ विकास बैंक ‘गोल्ड अवार्ड’बाट सम्मानित भएको हो ।
यो पुरस्कारबाट यो बैंक लगातार चार आर्थिक वर्षमा सम्मानित भएको बताइएको छ । आईक्यानले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) प्रणालीअन्तर्गत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरूलाई पुरस्कृत गर्दै आएको छ ।
विकास बैंक र वित्त कम्पनी मध्येबाट मक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको हो । उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरेबापत बैंकलाई दिइने उक्त पुरस्कारलाई प्रतिष्ठित पुरस्कार मानिन्छ ।

प्रतिक्रिया