व्यावसायिक सेवामा नेपालको वैदेशिक व्यापार

आइतबार, ०७ साउन २०८०, ०९ : ०४

काठमाडौं - भूपरिवेष्ठित मुलुकका लागि सेवा व्यापार जीवनरेखाको रूपमा लिइने गरिन्छ । फेरिपनी नेपालमा सेवा व्यापारको बारेमा खासै चर्चा हुने गरेको पाइँदैन । 

सेवा व्यापारलाई राष्ट्रिय विमर्शको मूलप्रवाहमा ल्याई यसको महत्त्वबारे नीतिगत तथा व्यावसायिक तहमा बुझाउन जरुरी छ । यसै उद्देश्यले नेपाल राष्ट्र बैंकबाट नियमित रूपमा प्रकाशन हुने ‘बीएमपी६’को वर्गीकरणमा आधारित रही सेवा व्यापार सम्बन्धी तथ्यांक यहाँ प्रस्तुत गरिएको छ ।

अन्य व्यावसायिक सेवा नेपालको पक्षमा सन्तुलन भएको सेवा व्यापार हो । गत आर्थिक वर्षको पहिलो १० महीनामा अन्य व्यावसायिक सेवाको निर्यात रू। ५२ अर्ब ३६ करोडको हाराहारीमा छ भने सो अवधिमा अन्य व्यावसायिक सेवाको आयात रू २३ अर्ब ९२ करोड छ । 

यस आँकडाले उचित रणनीति अंगीकार गर्न सके अन्य व्यावसायिक सेवा नेपालको निर्यात सेवामा राम्रो क्षेत्रको रूपमा आउन सक्ने देखिन्छ ।

आइतबार, ०७ साउन २०८०, ०९ : ०४

प्रतिक्रिया