नारायणी डेभलपमेन्टको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक

आइतबार, ०७ साउन २०८०, १० : २७

काठमाडौँ-  नारायणी डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले २ करोड ९१ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्षको यही अवधिसम्म बैंकले ५ करोड रुपैयाँ ४२ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। 

यो अवधिसम्म बैंकलाई ३ करोड २१ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ। गत वर्ष यही अवधिसम्म बैंकको सञ्चालन घाटा ६ करोड ७३ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी २ करोड ३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ९५ लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

चुक्तापुँजी २६ करोड २४ लाख रुपैयाँ रहेको बैंकले चौथो त्रैमाससम्म ६३ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरी ४८ करोड १७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिसम्म बैंकले ३३ करोड ६६ लाख रुपैयाँ निक्षेप संकलन गरी ४८ करोड १७ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो।

यो अवधिसम्म कम्पनीको रिजर्भको आकार बढेर १३ करोड ४८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म रिजर्भमा १२ करोड ९६ लाख रुपैयाँ रहेको थियो। 

बैंकको खराब कर्जा अनुपात ९एनपीएल० बढेर १८।४० प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १४।४८ प्रतिशत थियो। 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी ९ईपीएस० ११।०२ रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस २७।५६ रुपैयाँले ऋणात्मक थियो। 

बैंकको प्रतिसेयर नेटवर्थ ३६ रुपैयाँमात्रै रहेको छ

आइतबार, ०७ साउन २०८०, १० : २७

प्रतिक्रिया