सुनको मुलयमा गिरावट, आज कतिमा हुदैँछ कारोबार ?

आइतबार, ०७ साउन २०८०, ११ : ०३

काठमाडौँ-  साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ। 
 
आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल  १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको छ। 

गत शुक्रबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार २५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ४६५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो। 

 

आइतबार, ०७ साउन २०८०, ११ : ०३

प्रतिक्रिया