नेपाल एसबिआई बैंकद्धारा नेसनल बेस्ट प्रेजेन्टेड एन्युअल रिपोर्ट अवार्ड प्राप्त

आइतबार, ०७ साउन २०८०, १६ : ५९

काठमडौँ- नेपाल एसबिआई बैंक लि. नेपाल चार्टर्र्ड एकाउन्टेन्टस् संस्था (आईक्यान) बाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२ (नेसनल बेस्ट प्रेजेन्टेड एन्युअल रिपोर्ट अवार्ड)  (एनबीपीए), २०२२ बाट सम्मानित भएको छ । 

नेपाल एसबिआई बैंकले बैंकिङ क्षेत्र तर्फको ब्रोन्ज अवार्ड प्राप्त गरेको हो । उक्त प्रतिष्ठित पुरस्कार बैंकिङ सेक्६रमा उत्कृष्६ वित्तीय विवरण प्रकाशन गरे वापत आईक्यानले बैंकलाई प्रदान गरेको हो । काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत श्री मोहम्मद रिजवान आलमलाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए ।

नेपाल एसबिआई बैंक लि.ले १३ शाखा,२२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२८ एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ । 


¥
 

आइतबार, ०७ साउन २०८०, १६ : ५९

प्रतिक्रिया