काठमाडौं -कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको फलफूल तथा तरकारीको मुल्य सार्वजनिक गरेको छ ।
जस अनुसार आज सबैभन्दा बढि गोलभेँडा ठूलोको मुल्य बढि मात्रामा बृद्धि भएको छ ,नेपाली ठूलो गोलभेँडाको अधिकतम मूल्य १०० रुपैयाँ नाघेको जनाएको छ ।
समितिले बुधबार तोकेको मूल्यसूचीअनुसार ठूलो गोलभेँडाको मूल्य प्रतिकिलो ११० रुपैयाँ पुगेको हो। यस्तै सानो गोलभेँडा नेपालीको ४० तथा टनेलको गोलभेँडा सानोको ६८ रुपैयाँ कायम भएको छ ।
यसैगरी आलु रातोको ५०, भन्टा लाम्चोको ४०, मकै बोडीको ५०, लौकाको ५०, ब्रोकाउलीको १००, अनारको ४०० रुपैयाँ अधिकतम मूल्य कायम भएको छ ।
मूल्यसूची विस्तृतमाः

प्रतिक्रिया