सुनको मुल्यमा वृद्धि आज कतिमा हुदैँछ कारोबार ?

बुधबार, १० साउन २०८०, ११ : २१

काठमाडौँ-  नेपाली बजारमा बुधबार पनि सुनको भाउ उकालो लागेको छ। 

 आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो मंगलबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार ४६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ४५५ रुपैयाँमा किनबेच भएको थियो। 

 

बुधबार, १० साउन २०८०, ११ : २१

प्रतिक्रिया