के हो विनिमय दर ? आजको विदेशी मुद्राको विनिमय दरको सुचि सहित

विहीबार, ११ साउन २०८०, ०६ : ५७

काठमाडौं- सामान्यतया विनिमय दर भनेको के होला भन्ने आम नागरिकको चासोको विषय हो सबैलाई सबै विषयको जानकारि हुन्छ र हुनुपर्छ भन्ने होईन तथापी दैनिक जिवनमा प्रयोगमा आउने विषयमा जान्न खोज्नु वा बुझ्न खोज्नु भने राम्रो पक्ष हो ।  उसो त के हो विनिमय दर ? सामान्य भाषामा बुझौ दुई फरक मुद्रालाई एक–अर्कोसँग विनिमय वा साट्फेर गराउन निर्धारित हुने दरलाई विनिमय दर भनिन्छ । अझ सरल भाषामा भन्दा यो एक राष्ट्रको मुद्रालाई अर्को राष्ट्रको मुद्राको आधारमा गरिने मूल्याङ्कन हो ।

विदेशमा भ्रमणमा जादा वा रोजगारको सिलसिलामा जादा त्यहाँ खर्च गर्न सोही देशको मुद्रा खरीद गर्नुपर्ने हुन्छ  विदेशीहरु नेपाल आउदा समेत नेपाली पैसासँग आफ्नो देशको मुद्रा सतही गर्नुपर्ने हुन्छ। यो प्रक्रिया कुनै वस्तु खरीद गरेजस्तै हो । सिद्धान्ततः एउटै वस्तुको विक्री मूल्य फरकफरक देशमा पनि एकै हुनुपर्छ । किनकि, एउटा देशको मुद्राको जन्मसिद्ध मूल्य अर्को देशकोसँग व्यवस्थित गर्ने काम विनिमय दरले गर्छ ।

एउटा मुद्रालाई अर्को मुद्रासँग विनिमय गर्ने दुई तरीका छन् । एउटा फिक्ष्ड÷पेग्ड रेट (स्थिर विनिमय दर) र अर्को फ्लोटेड रेट (परिवर्तित विनिमय दर) । विनिमय दरको निर्धारण र व्यवस्थापन गर्ने काम हरेक राज्यको केन्द्रीय बैङ्कले गर्छ । विश्वका प्रमुख मुद्राको मूल्यको आधारमा विनिमय दरको निर्धारण गरिएको हुन्छ ९यस्ता प्रमुख मुद्राको रूपमा खासगरी, अमेरिकन डलरलाई लिने गरिन्छ । तर, यूरो, जापानको येन वा अन्य केही मुद्रा पनि हुन सक्छन् । स्थानीय विनिमय दर निर्धारण गर्न, केन्द्रीय बैङ्कले वैदेशिक विनिमय बजारमा आफ्नो मुद्राको खरीदविक्री गर्ने गर्छ ।  

उदाहरणका लागि, यदि कुनै स्थानीय मुद्राको एक एकाइको मूल्य ५ अमेरिकन डलर बराबर निर्धारण गरिएको छ भने केन्द्रीय बैङ्कले बजारमा पर्याप्त मात्रामा डलर प्रवाह गर्न सक्नुपर्दछ । यस्तो दर व्यवस्थित गर्न केन्द्रीय बैङ्कले ठूलो परिमाणमा वैदेशिक मुद्राको सञ्चिति गर्नुपर्ने हुन्छ ।

 वैदेशिक मुद्राको सञ्चिति बजारमा थप मुद्रा प्रवाह गर्न वा बजारबाट मुद्रा खिच्न गरिएको हुन्छ । केन्द्रीय बैङ्कको यस्तो कार्यले ९मुद्रा स्फीति र मुद्रा सङ्कुचनको माध्यमबाट० बजारमा सहज रूपमा आपूर्ति बढाउन र बजारमा स्वाभाविक रूपमा उतारचढाव ल्याउन पनि सहयोग पुग्दछ । केन्द्रीय बैङ्कले आवश्यकताअनुसार विनिमय दर परिवर्तन पनि गर्न सक्छ ।

परिवर्तित विनिमय दर बजारको माग र आपूर्तिको आधारमै निर्धारण हुन्छ । यस्तो दरलाई अर्को शब्दमा ‘सेल्फ करेक्टिङ’ अर्थात् आफै सच्चिने दर पनि भन्न सकिन्छ । किनभने, बजारको आपूर्ति र मागमा आउने विविधताले यस्तो दर आफै सच्चिन्छ । एउटा साधारण उदाहरण हेरौं, यदि बजारमा कुनै मुद्राको माग कम छ भने त्यसको मूल्य पनि घट्छ र यसबाट आयातित वस्तुको मूल्य वृद्धि हुन्छ । परिणामतः यसले सो मुद्राको माग कम हुने राष्ट्रभित्रै स्थानीय उत्पादन तथा सेवा वृद्धि गर्न दबाब पर्छ । यसले सो राष्ट्रमा रोजगारी सृजना हुन थाल्छन् र बजार पुनः सच्चिन थाल्छ । परिवर्तित दर निरन्तर परिवर्तन हुने प्रक्रिया हो ।
 

 नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि  तोकेको विदेशी मुद्राको विनिमय दर हेर्नुहोस् 

आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ ९० पैसा र बिक्री दर १३१ रूपैयाँ ५० पैसा रहेको छ।

युरो एकको खरिद दर १४५ रूपैयाँ ०६ पैसा र बिक्री दर १४५ रूपैयाँ ७३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ १२ पैसा र बिक्री दर १६९ रूपैयाँ ८९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९३ पैसा र बिक्री दर ३६ रूपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।    

Currency Unit Buy Sell

USD (U.S. DOLLAR)

1 130.9 131.5

 

EUR (EUROPEAN EURO)

1 145.06 145.73

 

GBP (UK POUND STERLING)

1 169.12 169.89

 

CHF (SWISS FRANC)

1 151.79 152.49

AUD (AUSTRALIAN DOLLAR)

1 88.48 88.88

 

CAD (CANADIAN DOLLAR)

1 99.09 99.55

 

SGD (SINGAPORE DOLLAR)

1 98.64 99.09

 

JPY (JAPANESE YEN)

10 9.32 9.37

 

CNY (CHINESE YUAN)

1 18.3 18.39

SAR (SAUDI ARABIAN RIYAL)

1 34.9 35.06

 

QAR (QATARI RIYAL)

1 35.93 36.1

 

THB (THAI BAHT)

1 3.82 3.84

 

AED (UAE DIRHAM)

1 35.64 35.8

 

MYR (MALAYSIAN RINGGIT)

1 28.77 28.9

KRW (SOUTH KOREAN WON)

100 10.27 10.31

 

SEK (SWEDISH KRONER)

1 12.6 12.66

 

DKK (DANISH KRONER)

1 19.47 19.56

 

HKD (HONG KONG DOLLAR)

1 16.77 16.85
विहीबार, ११ साउन २०८०, ०६ : ५७

प्रतिक्रिया