सुनको भाउ उच्च, आज कतिमा हुदैँछ कारोबार ?

विहीबार, ११ साउन २०८०, ११ : ०३

काठमाडौँ- नेपाल बजारमा बुधबार सुनको भाउ बढेर फेरि अल टाइम हाई नजिक पुगेको छ। 

आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १३ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि गत साउन ४ गते सुनको भाउले नयाँ उचाइ चुमेको थियो। यो दिन प्रतितोला छापावाल सुन१ लाख १३ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भएको थियो। 

हिजो मंगलबार पनि सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँमा किनबेच भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४९० रुपैयाँ कायम भएको थियो। चाँदीको यो भाउ पनि यसअघिको अल टाइम हाई नजिक हो। गत साउन ४ गते चाँदी हालसम्म उच्च प्रतितोला १ हजार ४९५ रुपैयाँमा कारोबार भएको थियो। 

हिजो चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ४६५ रुपैयाँमा कारोबार भएको थियो। 

 

विहीबार, ११ साउन २०८०, ११ : ०३

प्रतिक्रिया