सुनको मुल्यमा भारी गिरावट, आज कतिमा हुदैँछ कारोबार ?

शुक्रबार, १२ साउन २०८०, ११ : ३८

काठमाडौँ- साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ ओरालो लागेको छ। 

 आज सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी सुन  १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइड गोल्ड १ लाख १३ हजार ५०० रुपैयाँ र १ लाख १२ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले बढेर १ हजार ४९० रुपैयाँमा किनबेच भएको थियो। 

 

शुक्रबार, १२ साउन २०८०, ११ : ३८

प्रतिक्रिया