काठमाडौं- माईतीघर मण्डलामा सहकारी पीडितहरुले आन्दोलनलाई थप शसक्त रुपमा अगाडि बढाउने तयारी गरेका छन् ।
सहकारी पीडितहरुले सरकारले आफ्ना मागहरु न्यायोचित रुपमा सम्बोधन नगरेको खण्डमा आन्दोलन थप शसक्त बनाउने भएका चेतावनी दिएका छन् । करिब दुई महिनादेखि निरन्तर सडकबास बसेर आन्दोलन गर्दा समेत बचतकर्ताहरुको पीडा सरकारले नसुनेको भन्दै उनीहरुले आक्रोस पोखेका छन् । हरेक बाहना बनाएर अल्मलाउने काम मात्रै गरेको आरोप पीडितको छ ।
करिब डेढ महिनाको धर्ना अहिले रिले अनसनमा रुपान्तरण भएको छ । सहकारी पिडितहरुले रिले अनसन बसेको पनि १२ दिन भइसकेको छ । अब आन्दोलनलाई शशक्त बनाउन आमरण अनसनमा बस्नु पर्ने भयो । पीडित बचतकर्ता अनसन बस्ने हो,अनसन बस्न नसक्ने सडकमा सुतेर विरोधलाई अझ चर्को बनाउने सहकारी पीडित बचतकर्ता सषर्घ समितिका संयोजक हरिष चन्द्र श्रेष्ठले बताए ।
सहकारी पीडितहरुको मागमा सरोकारवाला निकाय तथा समितिहरु जिम्मेवार भएनन् । उल्टै सहकारीमा पैसा किन जम्मा गरेको रु भन्ने जस्ता भद्दा प्रश्न गरेर पीडितमाथि उल्टै पीडा दिने गतिविधिहरु भएका छन । अव सिधै प्रधानमन्त्रीसँग छलफल गर्ने हो । त्यसपछि आन्दोलनलाई कस्तो रुप दिने टुङ्गो लाग्छ, श्रेष्ठले भने ।
सहकारी पीडितहरुको नाजायज माग छैन । सहकमारीमा राखेको पैसा फिर्ता मात्र मागेको हो । कसैसँग चन्दा मागेको होईन । कसैसँग लुट्न गएको होइन । नाजायज माग पुरा गर्नको लागि पीडित सदस्यहरु सडकमा गएको होइन् ।
सहकारीका सञ्चालकरुहरुलाई राजनीतिक सपोर्ट रहेको छ । सरकार तिनैको पक्षमा छ । सहकारी पीडितहरुको आन्दोलन राजनीतिक नभएकोले सुनुवाई हुन सकेन । राजनीतिक पार्टीका व्यक्तिहरु आएर आन्दोलनलाई साथ दिने आश्वासन दिने गरेका छन् । तर यो पीडितहरुको आन्दोलन हो । यसलाई राजनीतिमा रुपमान्तरण गरेर धमिलो बनाउन हुँदैन । स्वतन्त्र नागरिहरुको आन्दोलन हो । नागरिकले दुख गरेर बचाएको पैसा ठगी भएको छ । त्यसैले पीडितहरुको पीडामाथि राजनीति गर्न हुदैन,श्रेष्ठले भने ।
प्रतिक्रिया