बीमा प्राधिकरणमा विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफर

शनिबार, १३ साउन २०८०, ०७ : ३४

काठमाडौं- नेपाल बीमा प्राधिकरणले महाशाखा प्रमुखहरुको जिम्मेवारीमा हेरफेर भएको छ । 

गत बुधबारको बैठकबाट विभागीय प्रमुखहरुको जिम्मेवारीमा हेरफेर गरिएको हो । बीमा प्राधिकरणको सेवालाई अझै गुणस्तरीय र चुस्त दुरुस्त बनाउन विभागीय प्रमुखहरुको हेरफेर गरिएको हो । प्राधिकरणले चार महाशाखा र १९ शाखामा कर्मचारीहरुलाई जिम्मेवारी तोकिएको जनाइएको छ । प्राधिकरणले सूचना प्रविधि तथा इजाजत महाशाखा र कानून तथा नियमन महाशाखा प्रमुखको जिम्मेवारी कमल रेग्मीलाई दिइएको छ । त्यस्तै निर्देशक दिनेश कुमार लाल कर्णलाई मानव संशाधन महाशाखा र वित्त महाशाखा प्रमुखको जिम्मेवारी दिएको छ ।

त्यस्तै, यसअघि मानव संशाधन प्रमुख समेत रहेकी निर्देशक पूजन ढुंगेललाई बीमा विकास तथा प्रबद्र्धन (बीमालेख, पुनर्बीमालेख र लघु बीमालेख) महाशाखा हेर्ने जिम्मेवारी तोकिएको छ। निर्देशक सुशिल सुवेदीलाई सुपरिवेक्षण महाशाखाको जिम्मवारी सुम्पिएको छ । निर्देशक सुवेदीलाई इन्स्योरेन्स इस्टिच्यूटको सिईओको समेत जिम्मेवारी रहेको छ । बीमा प्राधिकरणका अनुसार उनलाई हाललाई इन्स्योरेन्स इन्स्यिूटको काबा प्रमुखको जिम्मेवारी दिएको हो ।

बीमा प्राधिकरणको १९ वटा शाखा र प्रदेश प्रमुखको जिम्मेवारी उप निर्देशकहरुलाई तोकिएको छ । प्राधिकरणको १९ शाखा र प्रदेश कार्यालयमा कार्यरत उप निर्देशकहरु मध्ये कतिपयको जिम्मेवारी हेरफेर गरिएको छ भने कतिपयको पूर्ववत रुपमा जिम्मेवारी दिइएको छ ।

प्रदेश कार्यालय सहित केन्द्रीय कार्यालयको जिम्मेवारीमा तोकिएका शाखा प्रमुखहरु विवरणः
१० कानुन शाखा प्रमुखमा शाम्भराज लामिछाने
२० उजुरी तथा गुनासो सुनुवाई शाखा प्रमुखमा बिरोध भट्ट
३० मध्यस्तकर्ता व्यवस्थापन शाखा प्रमुखमा ओम बहादुर अधिकारी
४० नियमन तथा सम्पत्ति शुद्धिकरण शाखा प्रमुखमा सुबिन आचार्य
५० सामान्य प्रशासन शाखा प्रमुखमा ध्रुव तिमिल्सिना
६० आर्थिक प्रशासन शाखा प्रमुखमा निशा घिमिरे
७० मानव संशाधन शाखा प्रमुख पूनम ज्ञवाली श्रेष्ठ
८० सूचना प्रविधि शाखा प्रमुखमा रविन्द्र श्रेष्ठ
९० स्थलगत निरीक्षण जीवन बीमा शाखा प्रमुखमा सन्तोष कार्की
१०० वित्त विश्लेषण शाखा प्रमुखमा विरोध वाग्ले
११० जोखिम व्यवस्थापन शाखा प्रमुखमा निर्मला मल्ल
१२० अनुसन्धान तथा तथ्याङ्क शाखा प्रमुखमा प्रीति देव
१३० गैर स्थलगत निरिक्षण शाखा प्रमुखमा श्रद्धा श्रेष्ठ
१४० स्थलगत निरीक्षण निर्जीवन बीमा शाखा प्रमुख सुदर्शन खनाल
१५० बीमा प्रबद्र्धन शाखा प्रमुखमा कुन्दन सापकोटा
१६० कृषि तथा पशुपंक्षी शाखा प्रमुखमा निर्मल अधिकारी
१७० लघुबीमा शाखा प्रमुखमा पुष्पा कुँवर
१८० पुनर्बीमा शाखा प्रमुखमा राजेन्द्र महर्जन
१९० बीमालेख शाखा प्रमुखमा राम कोजु
प्रदेश प्रमुखहरुको जिम्मेवारी
१० कोशी प्रदेशमा बिनोद कुमार पोखरेल
२० मधेश प्रदेश प्रमुखमा कुशुम शर्मा
३० गण्डकी प्रदेश प्रमुखमा केशव प्रसाद दाहाल
४० लुम्बिनी प्रदेश प्रमुखमा पूर्ण बहादुर थापा
५० कर्णाली प्रदेश प्रमुखमा पदम प्रसाद सोडारी
६० सुदुरपश्चि प्रदेश प्रमुखमा हृदयश्वर पण्डित

शनिबार, १३ साउन २०८०, ०७ : ३४

प्रतिक्रिया