आईपिओ ल्याउदैँ थप एक कम्पनी

आइतबार, १४ साउन २०८०, १० : ४८

काठमाडौँ-  स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आईपीओ ल्याउने भएको छ ।

 संस्थाले अधिकृत पूँजीको ४० प्रतिशतले हुन आउने आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको हो। यसका लागि संस्थाले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ। 

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा संस्थाकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत धीरेन्द्रलाल कर्ण र नबिल इन्भेस्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका छन्। 

कम्पनी ऐन २०६३ बमोजिम स्थापित स्वस्तिक लघुवित्तको रजिष्टर्ड कार्यालय सिरहा जिल्ला लहान नपा–८ मा रहेको छ। स्वस्तिक लघुवित्त मधेश प्रदेशस्तरको लघुवित्त वित्तीय संस्था हो र हाल १३ हजारभन्दा बढी परिवारमा वित्तीय सेवाहरु प्रदान गर्दे आइरहेको छ। 

सम्झौतामा नबिल इन्भेष्टमेन्टले स्वस्तिक लघुवित्तको सेयरहरु सार्वजनिक निष्कासनका माध्यमबाट सर्वसाधारणमा निष्कासनका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएको छ। पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट सेयर निष्कासनका लागि अनुमति माग गरिने विज्ञप्तिमा उल्लेख छ।

 

आइतबार, १४ साउन २०८०, १० : ४८

प्रतिक्रिया