सुनको मुल्यमा सामान्य वृद्धि, आज कतिमा हुदैँछ कारोबार ?

आइतबार, १४ साउन २०८०, १० : ५४

काठमाडौँ- आइतबार नेपाली बजारमा  सुनको भाउ बढेको छ ।  

 आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ३५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

गत शुक्रबार सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन१ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी सुन  १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४५५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ४० रुपैयाँले घटेर चाँदी १ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।

आइतबार, १४ साउन २०८०, १० : ५४

प्रतिक्रिया