काठमाडौं- नेपालका लागि अशोक लेल्याण्डको आधिकारिक वितरक आईएमई मोटर्सले ‘बेस्ट बिजनेस स्ट्राटेजी अफ द इयर’ अवार्ड पाएको छ ।
भारतीय ब्राण्ड अशोक लेल्याण्डले अटोमोबाइल क्षेत्रमा गरेको असाधारण उपलब्धी र दुरदर्शी नेतृत्वका लागि आईएमई मोटर्सलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
बेस्ट बिजनेस स्ट्राटेजी अफ द इयर अवार्ड आईएमई मोटर्सको नवप्रवर्तन, उत्कृष्टता र आफ्ना ग्राहकहरूलाई अतुलनीय मूल्य प्रदान गर्ने अटल प्रतिबद्धताको प्रमाण भएको बताइएको छ । यो अवार्डले आईएमई मोटर्सको विगतका उपलब्धीलाई मात्र होइन, अटोमोटिभ क्षेत्रमा कम्पनीले भविष्यमा गर्ने आसाजनक कार्यलाई समेत प्रकाश पार्छ ।
‘अटोमोबाइल उद्योगमा प्रतिष्ठित अशोक लेल्यान्डबाट सम्मानित हुन पाउदा आईएमई मोटर्स गहिरो सम्मान र विनम्रता व्यक्त गर्दछ’, कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले अशोक लेल्यान्डप्रति अभार व्यक्त गर्दै भने, ‘अटोमोबाइल उद्योगमा हामीले गरेको प्रयास र योगदानलाई मान्यता दिएकोमा हामी अशोक लेल्याण्ड प्रति आभारी छौ । हामीले गर्ने सबै कार्यमा उत्कृष्टता हासिल गर्ने हाम्रो प्रतिबद्धतालाई यसले अझै बलियो बनाएको छ ।’
कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘आईएमई मोटर्सको सम्पूर्ण टोली यो उल्लेखनीय सफलताको लागि प्रशंसायोग्य छ । सबैको जोश, कडा परिश्रम र उत्कृष्टताको अथक प्रयासले कम्पनीलाई अझ उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका खेलेको छ । अशोक लेल्याण्डको यो मान्यता उनीहरूको समर्पण र टिम स्पिरिटको प्रमाण हो ।’
आईएमई मोटर्सका सीईओलाई हालै भारतको सबैभन्दा प्रतिष्ठित अवार्ड ‘इन्डियन अचिभर्स अवार्ड’ र अटो नेपाल पत्रिकाले ‘सीईओ अफ द इयर’ बाट समेत सम्मानित गरेको थियो ।
प्रतिक्रिया