शिक्षा र रोजगार जोड्न वीरगञ्जज इन्ष्टिच्युट अफ टेक्नोलोजी र दिवाकर गोल्छा कर्पोरेसनबीच सम्झौता

९ महिना अगाडि

 काठमाडौं- वीरगञ्ज इन्ष्टिच्यूट अफ टेक्नोलोजी र दिवाकर गोल्छा कर्पोरेसन बीच शिक्षा र रोजगारी जोड्ने सम्बन्धमा सम्झौता भएको छ । 

सम्झौता अनुसार तालिमरव्यावसायिक शिक्षा र निजी क्षेत्र बीचको श्रम बजारको बेमेललाई कम गरी व्यावसायिक तालिमलाई सोझै रोजगारसँग जोड्ने लक्ष्य रहेको वीरगञ्ज इन्ष्टिच्युट अफ टेक्नोलोजीका प्राध्यापक निरज श्रीवास्तवले जानकारी दिए ।

शिक्षा र रोजगार जोड्न निजी क्षेत्रले स्टील फ्याब्रिकेसन सम्बन्धी तालिम तथा रोजगार दिने र वीरगञ्ज इन्ष्टिच्यूट अफ टेक्नोलोजीले दक्ष विद्यार्थी पठाउनेबारे सम्झौता भएको हो । स्व.दिवाकर गोल्छाको ७० औं जन्म जयन्तिको उपलक्ष्यमा एक विशेष कार्यक्रम सहित यस्तो सम्झौता भएको हो ।

दिवाकर गोल्छा कर्पोरेसनले समग्र क्षेत्रमा दिगो रुपमा योगदान गर्दै जाने लक्ष्य राखेको हुलास स्टीलका वित्तीय प्रमुख सुनिल मनौतले बताए । नेपाल उद्योग परिसंघको मेक इन नेपाल स्वदेशी अभियानको एक प्रमुख अभियान्ताको रुपमा दिवाकर गोल्छा कर्पोरेशन समेत रहेको उनले बताए ।

नेपाली कामदारले पनि निजी क्षेत्रको माग अनुसार तालिम पायो भने भारत लगायत अन्य मुलुकमा रहेको श्रमको निर्भरतालाई कम गर्ने र नेपाली कामदारले पनि उचित श्रम ज्याला र श्रम सम्मान पाउने वीरगन्ज महानगरपालिकाका प्रमुख राजेश मान सिंहले बताए ।
 

९ महिना अगाडि

प्रतिक्रिया