चामल तेल दाल उद्योगको नयाँ कार्यसमिति गठन

सोमबार, १५ साउन २०८०, १३ : ४०

काठमाडौँ - नेपाल चामल तेल दाल उद्योग संघको आज काठमाडौँमा सम्पन्न निर्वाचनसहितको ४४ औँ वार्षिक साधारणसभाले कुमुदकुमार दुगडको अध्यक्षतामा आगामी २ वर्षका लागि नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ।

दुगड यसअघि विगतमा २ कार्यकाल संघको अध्यक्ष भई कुशल नेतृत्व गरिसकेका छन्। 

संघमा निर्विरोध निर्वाचित अन्य पदाधिकारीमा निवर्तमान अध्यक्षमा डा सुबोधकुमार गुप्ता, प्रथम उपाध्यक्षमा राम थापा र द्वितीय उपाध्यक्षमा राहुल अग्रवाल छन्। 

यसैगरी महासचिवमा दीपककुमार पौडेल, उपमहासचिवमा धिरज  गोल्छा र कोषाध्यक्षमा रतन लाल केडियालगायत अन्य पदाधिकारी निर्विरोध चयन भएका छन्। 

सोमबार, १५ साउन २०८०, १३ : ४०

प्रतिक्रिया