राप्रपाका कार्यकर्ताले डोजर छिर्न दिएनन्

मंगलबार, १६ साउन २०८०, ०८ : २०

काठमाडौं- महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय खाली गर्न सकेन ।

राप्रपाले काठमाडौं महानगरपालिकासँग केन्द्रिय कार्यालय सार्नका लागि ३५ दिनको समय मागेको छ । राप्रपाले महानगरलाई पत्र लेख्दै कार्यालय सार्नका लागि ३५ दिनको समय मागेको हो। बिजुलीको हाइटेन्सन लाइन मुनि रहेको राप्रपाले पार्टी कार्यालय हटाउने सबै तयारी गरिसकेको छ ।

शुक्रबार महानगरले राप्रपाको पार्टी कार्यालय सार्न ३ दिनको समय दिएको थियो । तर उक्त सूचनालाई राप्रपाले अटेर गरेको महानगरको भनाइ छ । सोमबार महानगर प्रहरीको दलबल सहितको टोली सोमबार डोजर लगाउन हाँडीगाउँ पुगेको थियो । 

तर राप्रपाका कार्यकर्ताले सडकमा गाडी तेर्साएर डोजर छिर्न दिएनन् । प्रहरी प्रशासनले सुरक्षा व्यवस्थाको जिम्मा नलिएपछि कार्यालय हटाउन डोजर लैजान सकेको थिएन ।

मंगलबार, १६ साउन २०८०, ०८ : २०

प्रतिक्रिया