उकालो लाग्दै सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढ्यो

मंगलबार, १६ साउन २०८०, १० : ३६

काठमाण्डौ - नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १३ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार ४५० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो। 

मंगलबार, १६ साउन २०८०, १० : ३६

प्रतिक्रिया