सेगवेका इलेक्ट्रीक स्कुटरमा फाइनान्स अफर

मंगलबार, १६ साउन २०८०, १३ : १९

काठमाडौं-  सेगवेका इलेक्ट्रीक स्कुटरमा फाइनान्स अफर आएको छ । कम्पनीले सेगवेका इलेक्ट्रीक स्कुटहरु शून्य प्रतिशत ब्याजदरमा किन्न सकिने स्कीम ल्याएको हो ।

सेगवे नाइनवटको नेपालमा लागि आधिकारिक विक्रेता कम्पनी आई हव प्रालिले एक्सचेन्ज सहितको विना ब्याजमा स्कुटर किन्न सकिने अफर ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकको आम्दानी अनुसार विना डाउन पेमेन्टमा नै स्कुटर किन्न सकिने कम्पनीले जनाएको छ । ग्राहकले आफ्नो आम्दानी अनुसार डाउन पेमेन्ट गरेर स्कुटर खरिद गर्न सक्नेछन् । ग्राहकले यो योजनामा १८ महिनाको किस्ता अवधिमा सबै मूल्य चुक्ता गर्नु पर्ने हुन्छ ।


यो अफरमा सेगवेका कुनैपनि इलेक्ट्रीक स्कुटरको खरिदमा रेनकोट, स्कुटर कभर, १ वर्षको रोड ट्याक्स तथा हेलमेट निःशुल्क प्राप्त गर्न सकिने छ । यसमा १ वर्षको वार्षिक मर्मत खर्चसमेत कम्पनीले निःशुल्क उपलब्ध गराउने जनाएको छ ।

कम्पनीको यो स्कीममा एनआइसी एसिया बैंक, माछापुच्छ्रे बैंक र तपाईको बजारले कर्जा उपलब्ध गराउने भएका छन् ।

आइ हव प्रालिले नेपाली बजारमा सेगवेका ४ मोडलका स्कुटर विक्री वितरण गर्दै आएको छ भने बिक्रीपछिको सेवा तथा पार्टस् उपलब्ध गराउँदै आएको छ ।

सेगवे सेल्फ ब्यालेन्सिङ दुई पाङ्ग्रे सवारी साधन उत्पादन गर्ने सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको छ । कम्पनीका उत्पादनहरू अमेरिकी, यूरोपियनका साथै ८० भन्दा धेरै देशहरूमा बिक्री वितरण हुँदै आएको छ ।

सन् २०२२ मा सेगवे नाइनवट नेपाली बजारमा भित्रिएको हो । यसलाई ‘बिजुली दाइ’का रूपमा परितिच लोकेश वलीले नेपाल ल्याएका हुन् । १ वर्षको समयमा सेगवेका स्कुटरहरू नेपाली सडकहरूमा बाक्लो उपस्थिति देख्न सकिन्छ ।

मंगलबार, १६ साउन २०८०, १३ : १९

प्रतिक्रिया